नेपालमा कोरोना संक्रमितको संख्या ४० पुग्यो, एकैदिन थपिए ९ संक्रमित

ओकेखबर संवाददाता ९ बैशाख २०७७, मंगलवार १८:१२ मा प्रकाशित ( साल अघि) १४०३ पाठक संख्या
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४० पुगेको हो ।

मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो।

संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्।

हालसम्म पाँच जना संक्रमित निको भएर घर फर्किएका छन्।


सम्बन्धित खबरहरु