आज: 

उदयपुरमा भेटिए अर्का संक्रमित

ओके खबर ९ बैशाख २०७७, मंगलवार १७:२९ मा प्रकाशित ( साल अघि) ४३९ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।
मंगलबार उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ३२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।

यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


सम्बन्धित खबरहरु