खोपको उत्पादन तथा वितरण अति कठिन हुनसक्ने डब्लुएचओको चेतावनी

ओकेखबर संवाददाता ९ बैशाख २०७७, मंगलवार ०९:०२ मा प्रकाशित ( साल अघि) ६२० पाठक संख्या

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अति तीव्र गतिमा निर्माण भए पनि त्यसको उत्पादन तथा वितरण अति कठिन हुन सक्ने चेतावनी दिएको छ ।

डब्लुएचओको आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइकल रायनले सोमबार खोप चाँडै बने पनि त्यसको पर्याप्त उत्पादन तथा वितरण अति चुनौतिपूर्ण रहेको बताएका हुन् ।

कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको उपचार वा भाइरसविरुद्धको खोप अहिलेसम्म बनेको छैन । विश्वभरका दुई दर्जन भन्दा बढी कम्पनीले खोपको उत्पादनका लागि काम गरिरहेको बताइसकेका छन् । त्यसमध्ये कम्तिमा तीनवटा सम्भावित खोप अहिले मानवीय परीक्षणको चरणमा छन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सिअस डिजिजका निर्देशक डा. एन्थोनी फाउचीले कोरोना भाइरसविरुद्धको खोप अझै कम्तिमा १८ महिना पर रहेको अर्थात डेढ वर्षपछि मात्रै प्रयोगमा आउन सक्ने बताएका छन् । अरु विज्ञले सो समयावधी पनि अति आशावादी भएको बताउने गरेका छन् ।


सम्बन्धित खबरहरु