एकैदिन १२ सय ५० जनामा संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या १७ हजार भन्दा धेरै पुगेको हो ।
पछिल्लो २४ घण्टामा भारतमा ३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृतकको संख्या ५५९ पुगेको छ । अहिलेसम्म भारतमा जम्मा संक्रमितमध्ये झण्डै ३ हजार निको भएर घर फर्किएका छन् । १४ हजारको उपचार भैरहेको छ ।
भारतमा संक्रमणको दर बढेसँगै नेपाल थप सतर्क हुनुपर्ने देखिएको छ । खुल्ला सिमानाका भएकोले नेपाललाई खतराको घण्टी रहेको छ ।