भेरी अस्पतालमा पहिलोपटक ९ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

दिपेन्द्र हमाल ८ बैशाख २०७७, सोमबार ०७:२३ मा प्रकाशित ( साल अघि) ५९१ पाठक संख्या

नेपालगञ्ज (बाँके) । नेपालगञ्जको भेरी अस्पतालमा हिजो आइतबारदेखि आरटिपिसिआर विधिबाट (कोभिड-१९) कोरोना परिक्षण सुरू गरिएको छ।

हिजो पहिलो दिन ९ जनाको कोरोना परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ।

 

गत चैत २४ गते भेरी अस्पतालमा आइपुगेको पिसिआर मेसिन केही प्राविधिक कारणले सञ्चालनमा आउन सकेको थिएन । त्यसको २ सातापछि गत शुक्रबार उक्त मेसिन र ल्याबले पूर्णता पाएसँगै हिजो आइतबारदेखि नेपालगञ्जमै कोरोना परिक्षण थालिएको हो।

उक्त मेसिनबाट दैनिक दुई चरणमा करिब ७० देखि १ सय जनाको कोरोना परिक्षण गर्न सकिने भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए।


सम्बन्धित खबरहरु