जनकपुरको सडकमा पैसा छर्ने दुई महिलामा कोरोना नभएको पुष्टि

ओकेखबर संवाददाता ७ बैशाख २०७७, आईतवार १८:१९ मा प्रकाशित ( साल अघि) ४४१ पाठक संख्या

काठमाडौं । जनकपुरधामस्थित महावीरचौक सडकमा शंकास्पद अवस्थामा पैसा छरेर दुई महिलाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहका अनुसार सडकमा पैसा फाल्ने दुबै महिलाको पीसीआरबाट गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण नेगेटिभ आएको हो ।

जनकपुरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो । यसअघि र्‍यापिट डाइग्रोष्टिक टेष्ट आरडीटीबाट गरिएको परीक्षणमा भने एक महिलाको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर कोरोना परीक्षण गराएको थियो । आरडीटीबाट गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई प्रहरीले जनकपुरको प्रादेशिक अस्पताको आइसोलेनमा रोखेको थियो ।

शुक्रवार महावीर चोकमा पैसा छरेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् ।


सम्बन्धित खबरहरु