स्वास्थ्य मन्त्रालय भन्छ, डा. पुनलाई स्पष्टीकरण सोधिएको छैन

ओकेखबर संवाददाता ७ बैशाख २०७७, आईतवार १८:०१ मा प्रकाशित ( साल अघि) ३३४ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचार र पहिचानको विषयमा छलफल गर्नका लागि डा पुनलाई डाकेको स्पष्ट पारेको छ ।

सामाजिक सञ्जाल र मिडियाहरुले कुरा नबुझिकन मन्त्रालय र मन्त्री भानुभक्त ढकाललाई अनावश्यक टिकाटिप्पणी नगर्न मन्त्रालयले ध्यानाकर्षण समेत गराएको छ ।


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई स्पस्टिकरण सोधिएको प्रसंगले मिडिया तथा सामाजिक सञ्जालमा चर्चा थियो ।

यस्तै डा. शेरबहादुर पुनले पनि आफूलाई जोडेर सार्वजनिक भएका समाचारहरुबारे ध्यानाकर्षण भएको जनाउँदै अनर्गल प्रचार नगर्न आग्रह गरेका छन्।

एक विज्ञप्ति जारी गर्दै डा. पुनले स्वास्थ्य मन्त्रालयबाट प्राप्त पत्र बुझेको र त्यसबारे मन्त्रालयमा उपस्थित भएर सम्बन्धित पदाधिकारीहरुसँग सम्पर्क गरिसकेको र यसलाई आफूले वृत्ति विकासको रुपमा लिएको उल्लेख गरेका छन्।


सम्बन्धित खबरहरु