नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

ओकेखबर संवाददाता ६ बैशाख २०७७, शनिबार २०:३६ मा प्रकाशित ( साल अघि) १४७४ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

शनिबार बेलुका थप एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तलेथा जनसंख्या मन्त्रालये जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।उनि ६५ वर्षिय पुरुष हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८ हजार १७ जनाको कोरोना परीक्षण भएको छ, भने ३ जना उपचार पछि निको भएर घर फर्केका छन् ।


सम्बन्धित खबरहरु