एम्बुलेन्सले निमोनियाका बिरामीलाई बोक्न मानेन

ओकेखबर संवाददाता ६ बैशाख २०७७, शनिबार १०:१५ मा प्रकाशित ( साल अघि) २९९ पाठक संख्या

मेलम्ची । सिन्धुपाल्चोकमा एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् ।

निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् ।

गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । बिरामी रोक्काले अर्बुदरोगका कारण एउटा हात पनि गुमाइसकेका थिए । एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका–७ का वडा सदस्य तिलक रोक्काले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई नै आवश्यक स्वास्थ सामग्री उपलब्ध गराउँदासमेत एम्बुलेन्स चालकले अवज्ञा गरी बिरामी लैजान नमानेको उहाँले बताउनुभयो । इन्द्रावती गाउँपालिकाका प्रमुख बंशलाल तामाङले भिमटारका एम्बुलेन्सले नमानेको र नवलपुरबाट बिरामीलाई बोक्न एम्बुलेन्स पठाएको बताउनुभएको छ ।


सम्बन्धित खबरहरु