नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकै दिन १४ जना थप

ओकेखबर संवाददाता ५ बैशाख २०७७, शुक्रबार १९:२८ मा प्रकाशित ( साल अघि) ३२०० पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३० पुगेको छ । एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।

शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।

त्यस्तै आजै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू आमा छोरा हुन् । उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।

उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार उदयपुरमा थपिएका १२ जना मध्ये आठजना भारतीय हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ७ हजार ७०२ जनाको परिक्षण भएको छ । भने एक जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।
बाँकी अन्यको उपचार भैरहेको छ ।


सम्बन्धित खबरहरु