‘पाँच किलो चामलले कति दिन खानू सरकार ?’

ओकेखबर संवाददाता ४ बैशाख २०७७, बिहीबार २१:५८ मा प्रकाशित ( साल अघि) ३७५ पाठक संख्या

बनियानी । विश्व महामारी कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कामविहीन निवेक गरि खानेको दैनिकी अहिले कष्टकर बन्दै गएको छ । झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँबस्तीका विपन्न परिवारलाई अहिले बिहानबेलुकाको छाक टार्न धौधौ पर्न थालेको छ । यहाँ करीब ३५ परिवारको बसोबास छ । उनीहरु सबैको आम्दानीको स्रोत ज्याला–मजदुरी हो ।

‘लकडाउन भएको केही दिन त घरमा भएको पैसाले खाइयो’, उनीहरु भन्छन्, ‘बाहिर निस्किन मिल्दैन, काम नभएपछि के गरी खानू, दिनरात चिन्ता यही कुराको छ ।’ अन्य गाउँपालिका र नगरपालिकाको तुलनामा नयाँबस्तीबासीले थोरै राहत सामग्री पाएका छन् । लकडाउन घोषणा भएको आज २४ दिनका अवधिमा उनीहरुले पाँच केजी चामल, एकएक केजी दाल र नून, आधा लिटर तेल र एउटा साबुन मात्र पाएका हुन् ।

‘चार÷सात जनाको परिवारलाई पाँच केजी चामलले के हुन्छ ?’, स्थानीयवासी पूर्णिमा शर्मा भन्नुहुन्छ, ‘राहत त पाइयो तर… ।’ यहाँका बासिन्दाले भने लकडाउनको पूर्णपालना गरिरहेको उहाँ बताउनुहुन्छ । जरुरी कामबाहेक कोही घरबाट ननिस्कने गरेको र काम पर्दा मात्र जाने गरेको उहाँले बताउनुभयो ।

भद्रपुर ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले पहिलो चरणमा राहत वितरणका लागि वडामा एक हजार १२० विपन्न परिवारको नाम संकलन गरिएको बताउनुभयो । ‘त्यसमा अलिक पछि राहत दिँदा हुने छनोट गरेर ८३० जनाको नामावली तयार गर्यौं’, वडाध्यक्ष कार्कीले भन्नभुयो, ‘नगरपालिकाले जम्मा २०० जनाका लागि मात्र राहत पठायो ।’ पहिलो चरणमा नगरपालिकाले १० केजी चामल, एकएक केजी दाल र नून, एक लिटर तेल र एउटा साबुन दिने निर्णय गरेर राहत पठाएको उहाँ बताउनुहुन्छ । ‘८३० जनाको नाम छ, आयो २०० जनाका लागि’, उहाँले भन्नुभयो, ‘उक्त परिमाणलाई आधा बनाएर चार सय जनालाई वितरण गर्यौं।’

जनप्रतिनिधि र स्थानीय संघसंस्थाको सहयोगमा हालसम्म ७९९ परिवारलाई राहत वितरण गरिएको उहाँको भनाइ छ । स्थानीय बलभद्र युवा क्लबको सहयोगमा थप ६० परिवारलाई भर्खरै राहत दिइएको वडाध्यक्ष कार्कीको भनाइ छ । ‘जनताले विश्वास गरेर मत दिएका छन्’, उहाँले भन्नुभयो, ‘अहिले समस्या परेका बेला सहयोग गर्न सकिएन भने त्यसको अर्थ रहँदैन, सकेसम्म वडाबासीलाई राहत दिन्छु ।’

छिमेकी वडा न. ८ नम्बरले पहिलो चरणमा २७० परिवारलाई राहत दिएको छ । प्रतिपरिवार सात केजी चामल, दाल, नून एकएक केजी, एक लि तेल र एउटा साबुन दिइएको वडाध्यक्ष गौरव सुब्बाले जानकारी दिनुभयो ।
यसैबीच भद्रपुर नगरपालिकासँग सीमा जोडिएको मेचीनगरले रू ५० लाख, बिर्तामोडले रू ५० लाख र कचनवल गाउँपालिकाले रू ३० लाखको कोरोना नियन्त्रण, रोकथाम तथा राहत को

न्यून रकमको कोष निर्माण गरिएकाले पनि भद्रपुरमा दाताको मुख ताक्नुपर्ने अवस्था रहेको स्वयम् जनप्रतिनिधि स्वीकार्छन् । ‘भौतिक पूर्वाधार विकासभन्दा पनि जनताको जीवन रक्षा अहिलेको मुख्य विषय हो’, वडाध्यक्ष कार्की भन्नुहुन्छ, ‘तर कोषमा रकम वृद्धि गर्न नगरको ध्यान गएको छैन ।’


सम्बन्धित खबरहरु