र्‍यापिड टेष्टमा हेटौंडाका ४ जनाको रिपोर्ट पोजेटिभ

ओकेखबर संवाददाता ४ बैशाख २०७७, बिहीबार २०:२३ मा प्रकाशित ( साल अघि) ४५५ पाठक संख्या

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा (कोभिड-१९) को र्‍यापिड टेष्ट गर्दा चार जनाको रिपोर्टमा पोजेटिभ नतिजा देखिएको छ ।

उप-महानगरपालिकाले बिहीबारदेखि सुरु गरेको र्‍यापिड टेष्ट (आरडीटी) विधिबाट कोरोना सङ्क्रमण परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएको हो ।

विदेशबाट फर्किएका हेटौंडा–४ मा बसोवास गर्दै आएका छन् । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको छ ।

पोजेटिभ रिपोर्ट देखिनेमा तीनजना पुरुष र एकजना महिला रहेका छन । ल्याब टेष्टको अन्तिम रिपोर्ट प्राप्त भएपछि मात्र उनीहरुमा कोरोना भए नभएको पुष्टि हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


सम्बन्धित खबरहरु