अध्ययन भन्छ : ‘कोरोना महामारीको खतरा सन् २०२४ सम्म रहनसक्छ’

ओकेखबर संवाददाता ४ बैशाख २०७७, बिहीबार १७:५६ मा प्रकाशित ( साल अघि) ७५६ पाठक संख्या

एजेन्सी । चिनको वुहान शहरबाट गत डिसेम्बर २३ बाट फैलिएको कोरोना भाइरस ( कोभिड–१९) को महामारीले २१३ देशहरु प्रभावित भइसकेका छन् । चिनमा यो महामारी नियन्त्रणमा आएपनि विश्वमा फैलिनेक्रम रोकिएको छैन ।

एक अध्ययनले कोरोना भाइरस महामारीको खतरा सन् २०२४ सम्म रहेको देखाएको छ । अमेरिकाको हावर्ड युनिभर्सिटीका शोधकर्ताले गरेको अनुसन्धानमा यो भाइरसको महामारीको खतरा आगामी ४ वर्षसम्म रहने देखिएको हो ।

हावार्ड टिएच चान स्कुल अफ पब्लिक हेल्थका पाँच शोधकर्ताले यसको खोप पत्ता नलागेमा महामारी रोक्न सन् २०२२ सम्म सामाजिक दूरी कायम राख्ने अभ्यास जारी राख्नुपर्ने अवस्था आउने बताएका छन् ।

मंगलबार जर्नल साइन्समा प्रकाशित प्रतिवेदनअनुसार सो समयभन्दा अघि नै यसको खोप पत्ता लागेमा, उपचार सम्भव भएमा वा गम्भीर अवस्थाको स्याहार क्षमता बढेको खण्डमा भने सामाजिक दूरीको नियम रहने छैन ।

मानिसमा स्थायी रुपमा रोगप्रतिरोधी क्षमता विकास भएको खण्डमा यो भाइरस लामो समयका लागि हराउनेछ । तर, रोगप्रतिरोधी क्षमताको विकास स्थायी रुपमा नभएको खण्डमा यो भाइरस बारम्बार आइरहने प्रतिवेदनमा उल्लेख छ ।


सम्बन्धित खबरहरु