शङ्कास्पद अवस्थामा हिडेका भरुवा बन्दुकसहित ५८ वर्षीय व्यक्ति पक्राउ

ओकेखबर संवाददाता ४ बैशाख २०७७, बिहीबार १७:४० मा प्रकाशित ( साल अघि) ४३९ पाठक संख्या
कञ्चनपुर । भरुवा बन्दुकसहित ५८ वर्षीय एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ ।

कृष्णपुर नगरपालिका – ४ नमूना सामुदायिक वन क्षेत्रबाट प्रहरीले सामुदायिक वनमा शङ्कास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै गरेका कैलालीको गोदावरी नगरपालिका– ११ कालिका टोलका मोहनबहादुर साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए ।

बन्दुकसहित पक्राउ परेका साउदलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउनका लागि थप अनुसन्धानको कार्य भइरहेको छ ।


सम्बन्धित खबरहरु