आज:
काठमाडौ । दार्चुलास्थित घरमा आमा बितेपछि भारतको धार्चुलाको शिविरमा कोरामा बसेका वासुदेव भट्टलाई नेपाल ल्याउन गृह मन्त्रालयले पहल थालेको छ ।
यसका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ ।
लकडाउनका कारण भारतमै अलपत्र परेका शैल्यशिखर नगरपालिका १ का वासुदेवकी आमा मंगलबार बितेकी थिइन् । लकडाउनका कारण आउन नपाएपछि उनी धार्चुलामा क्वारेन्टाइनमै कोरामा बसेका छन् । सञ्चारमाध्यममा उनको तस्बिरसहितको समाचारले सरकारी अधिकारीको समेत ध्यान तानेको हो ।
गृह प्रवक्ता केदारनाथ शर्माले दार्चुलाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रक्रिया अगाडि बढाएको बताए ।