इटलीबाट फर्किएकी बुढानिलकण्ठकी एक महिलाको र्‍यापिड टेस्ट पोजेटिभ

ओकेखबर संवाददाता ४ बैशाख २०७७, बिहीबार १२:०० मा प्रकाशित ( साल अघि) ४३९ पाठक संख्या
काठमाडौं । कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) गर्दा काठमाडौंको बुढानिलकण्ठमा एक महिलाको रिपोर्ट कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।

इटालीबाट फर्केकी बुढानिलकण्ठ –९ की ३१ वर्षीया उक्त महिलालाई हिजो साँझ टेकु अस्पताल भर्ना गरिएको छ।

बुधबार भएको टेस्टमा एन्टिबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।

महिलामा भने कोरोनाको कुनै पनि लक्षण देखिएको छैन।

उनले आफू इटालीबाट आएपछि सुरूमा सेल्फ क्वारेन्टाइनमै बसेको बताएकी छिन्।

उनले २२ दिनपछि टेकु अस्पतालमा फोन गरेर बुझ्दा चिकित्सकले उनलाई लक्षण केही नदेखिएकाले परीक्षण गर्न नपर्ने बताएका थिए।
नगरपालिकाले सञ्चालन गरेको र्‍यापिड टेस्ट शिविरमा बुधबार टेस्ट गर्दा महिलामा पोजेटिभ देखिएको मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए।

त्यो बीचमा उनले आफन्तलाई भेटेको बुझिएको छ।


सम्बन्धित खबरहरु