आज यी जिल्लामा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

ओकेखबर संवाददाता ४ बैशाख २०७७, बिहीबार ११:३९ मा प्रकाशित ( साल अघि) ८०३ पाठक संख्या

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिक देखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएकाले मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बारीले बताइन् । उनका अनुसार उक्त प्रणालीको प्रभाव शनिबारसम्म कायम रहनेछ ।

सो महाशाखाले आज बिहान विषेश बुलेटिन जारी गर्दै आगामी तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । आज काठमाडौँ उपत्यका, रसुवा, धादिङलगायत क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना बढी रहेको छ ।


सम्बन्धित खबरहरु