र्‍यापिड टेस्ट पोजेटिभ देखिएका बिरामी बोक्न नमान्ने एम्बुलेन्समाथि तोडफोड

ओकेखबर संवाददाता ४ बैशाख २०७७, बिहीबार ११:२७ मा प्रकाशित ( साल अघि) ५५६ पाठक संख्या

काठमाडौं । कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) रिपोर्ट पोजेटिभ आएका धादिङका एक व्यक्तिलाई बोक्न नमानेको भन्दै स्थानीयले एम्बुलेन्स तोडफोड गरेका छन् ।

बिरामी बोक्न नमानेर व्यक्तिगत सामान बोकेको आरोप लगाउँदै स्थानीयले बुधबार साँझ एम्बुलेन्स नियन्त्रणमा लिइ तोडफोड गरेका हुन्।

बुधबार सामान बोकेर एम्बुलेन्स जाँदै गरेको अवस्थामा ज्वालामुखी गाउँपालिका(३ अमराईमा स्थानीयले नियन्त्रणमा लिइ तोडफोड गरेका हुन् । एम्बुलेन्समा सामान्य क्षति पुगेको छ ।


हिजो ज्वालामुखी गाउँपालिकाका एक जनामा र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई अस्पताल लैजान खोज्दा चालक सम्पर्कविहीन बनेका थिए ।

आरडीटी रिपोर्टमा पोजेटिभ देखिएका उनी आफै मोटरसाइकलमा अस्पताल पुगेका थिए ।

बिरामी बोक्न नमान्ने एम्बुलेन्स व्यक्तिगत सामान बोक्न प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत गरिएको छ ।


सम्बन्धित खबरहरु