कोरोनाबाट गर्भवती नर्सको मृत्यु, सकुशल जन्मियो बच्चा

ओकेखबर संवाददाता ४ बैशाख २०७७, बिहीबार ०९:५३ मा प्रकाशित ( साल अघि) ७८७ पाठक संख्या
एजेन्सी । कोरोना भाइरसका कारण ज्यान गुमाएकी नर्सबाट सकुशल बच्चा जन्मिएको छ।

बिबिसीमा प्रकाशित समाचारका मेरी एगुवा एग्योपोङ नाम गरेकी २८ वर्षिया नर्सको मृत्यु भएपछि जन्मिएका शिशु एकदमै राम्रो अवस्थामा रहेको अस्पतालकी प्रवक्ताले बताएकी छन्।

कोरोनाको संक्रमण भएको पुष्टि भएको दुई दिनपछि अप्रिल ७ मा उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

मेरीका पतिलाई पनि कोरोनाको संक्रमण रहेको छ र उनी हाल आइसोलेसनमा बसिरहेको बिबिसीले जनाएको छ।

मेरी लुटन र डनस्टेबल विश्वविद्यालय अस्पतालमा पाँच वर्षदेखि कार्यरत थिइन्।


सम्बन्धित खबरहरु