चैत ५ गते दुबईबाट घर फर्किएका २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
बुधबार हल्दिबारी गाउँपालिकामा जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले गाँपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो । ६१ जनाको परीक्षण गरिएकामा उक्त युवकमा आरडीटी पोजिटिभ देखिएको हो ।
वडा नं.२ का उक्त युवकमा आरडीटी पोजिटिभ देखिनासाथ उनका परिवारका ७ जना र उनीसँग सम्पर्कमा आएका केही साथीहरुको पनि आरडीटी परीक्षण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सहायता कक्षका सचिवसमेत रहेका चम्लागाईले बताए । परिवारका सदस्य र साथीहरुको आरडीटी भने नेगेटिभ देखिएको छ ।
उनमा कोभिड–१९ को लक्षण भने केही नदेखिएको उनलाई हल्दिबारीस्थित क्वारेन्टाइनमै राखिएको छ ।