आज: 

कोरोना अपडेट : मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो, ५ लाखको उपचार सफल

ओके खबर ४ बैशाख २०७७, बिहीबार ०६:५३ मा प्रकाशित ( साल अघि) ५५२ पाठक संख्या

एजेन्सी । चिनको वुहान शहरबाट गत डिसेम्बरमा फैलिएको विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख ३४ हजार ६०३ जनाको ज्यान गएको छ ।

२० लाख ८२ हजार ८३५ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ५ लाख १० हजार ५३ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ६ लाख ६४ हजार ८९ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने २८ हजार ५२९ ले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा १ लाख ८० हजार ६५९ जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १८ हजार ८१२ जनाको ज्यान गएको छ ।

ओल्र्डोमिटर्रसका विश्वभर यस महामारीबाट २१० देशहरु चपेटामा परेका छन् ।


सम्बन्धित खबरहरु