काभ्रेका दुई युवामा पनि कोरोना संक्रमण नभएको पुष्टि

ओकेखबर संवाददाता ३ बैशाख २०७७, बुधबार २०:२० मा प्रकाशित ( साल अघि) २९१ पाठक संख्या

काभ्रे । कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) रिपोर्ट पोजेटिभ आएका   काभ्रेका दुईजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार काभ्रेमा दुई जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ ।

काभ्रको बेथान्चोक गाउँपालिकाका १ र मण्डनदेउपुर नगरपालिकाका १ जनामा र्‍यापिड डाइग्नोस्टक परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।

उनीहरूको दुवैको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको थियो । बेथाञ्चोकका युवा ९ चैतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएका हुन् ।


सम्बन्धित खबरहरु