२ करोडभन्दा बढी अवैध कमाइबाट श्रीमतीको नाममा घरजग्गा खरिद

ओकेखबर संवाददाता ३ बैशाख २०७७, बुधबार १७:५९ मा प्रकाशित ( साल अघि) ७८५ पाठक संख्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे टेक्निसियनका रुपमा कार्यरत एक कर्मचारीले अवैध रुपमा मात्रै २ करोड भन्दा बढी रकम आर्जन गरेको देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा एक्सरे टेक्निसियन राज कुमार ढकालले अवैध रुपमा मात्रै २ करोड २ लाख ८ सय ८६ रुपैयाँ अवैध रुपमा आर्जन गरेको देखिएको हो ।

अख्तियारका अनुसार ढकालले अवैध रुपमा आर्जन गरेको रकमबाट श्रीमती निरजरा घिमिरेको नाममा समेत घरजग्गा खरिद गरेको देखिएको छ ।

अख्तियारले अवैध रुपमा करोडौं आर्जन गर्ने ढकालविरुद्ध २ करोड २ लाख ८ सय ८६ रुपैयाँ बिगो दाबी गर्दै बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

यस्तै, अख्तियारले ढकालकी श्रीमती निरजराविरुद्ध पनि सम्पत्ति जफत प्रयोजनका लागि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


सम्बन्धित खबरहरु