एम्बुलेन्सले यात्रु ओसारेपछि नियन्त्रणमा

ओकेखबर संवाददाता ३ बैशाख २०७७, बुधबार १७:५० मा प्रकाशित ( साल अघि) २८८ पाठक संख्या

पाल्पा । जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

लकडाउनका अवधिमा जिल्लामा २६५ सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित खबरहरु