चितवनमा एक जनाको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ

ओकेखबर संवाददाता ३ बैशाख २०७७, बुधबार १६:३१ मा प्रकाशित ( साल अघि) ३६१ पाठक संख्या

चितवन । चितवनको रत्ननगरमा  कोरोना द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) रिपोर्ट एक जनामा एन्टीबडी पोजेटिभ देखिएको छ ।

बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।

अस्पतालका प्रशासन प्रमुख मोहन खड्काका अनुसार उनको अवस्था सामान्य छ । उनलाई रत्ननगरकै गुञ्जमान सिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

यसअघि उनलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको खड्काले बताए ।

रत्ननगर नगरपालिकाकै बासिन्दा ती व्यक्ति ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका थिए ।

उनको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।


सम्बन्धित खबरहरु