र्‍यापिड टेष्ट पोजेटिभ देखिएका गोरखाका युवकको पीसीआर रिपोर्ट नेगेटिभ

ओकेखबर संवाददाता ३ बैशाख २०७७, बुधबार १५:४६ मा प्रकाशित ( साल अघि) ६८४ पाठक संख्या

गोरखा । गोरखाको आरुघाट गाउँपालिमा गरिएको कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) रिपोर्ट पोजेटिभ देखिएको एक युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

बहराइनबाट गत चैत २३ गते फर्किएका ३१ वर्षिय युवकको मंगलवार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट विधिबाट परिक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएकोले कोरोना आशंका गरिएको थियो । तर बुधबार स्वाब नमुना परीक्षण (पीसीआर)  विधिबाट परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको आरुघाटका स्वास्थ्य संयोजक विजय श्रेष्ठले जानकारी दिए ।

यस्तै फागुनमा दुवइबाट फर्किएका ३१ वर्षीय अर्का एकजनाको आरडिटिमा रिपोर्ट नेगेटिभ आएपनि उनको पनि स्वाब काठमाडौं पठाइए थियो । उक्त युवकको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले बताए । उनिहरु दुवैजना आरुघाट गाउँपालिमा वडा नम्बर ५ का हुन् ।

यसअघि उनिहरुलाई कोरोनाका कुनै लक्ष्यण नदेखिएको बताइएको छ ।

स्वास्थ्य कार्यालयको आयेजनामा आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखाले विदेशबाट फर्किएका २२ जनामध्ये २० जनाको कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) विधिबाट परिक्षण गरेको थियो ।


सम्बन्धित खबरहरु