कोरोना अपडेट : मृतक १ लाख २६ हजार नाघ्यो, झण्डै २० लाख संक्रमित

ओकेखबर संवाददाता ३ बैशाख २०७७, बुधबार ०६:४८ मा प्रकाशित ( साल अघि) ३४३ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख २६ हजार ५९७ जनाको ज्यान गएको छ ।

१९ लाख ९७ हजार ६६६ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ४ लाख ७८ हजार ५०३ जना निको भएर घर फर्किएका छन् ।

ओल्र्डोमिटर्रसका विश्वभर यस महामारीबाट २१० देशहरु चपेटामा परेका छन् ।

 

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ६ लाख १३ हजार ८८६ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने २६ हजार ४७ ले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा १ लाख ७४ हजार ६० जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १८ हजार २२५ जनाको ज्यान गएको छ ।

 

त्यस्तै ईटलीमा १ लाख ६२ हजार ४८८ जनामा संक्रमण पुष्टि भएको छ भने २१ हजार ६७ जनाकोे मृत्यु भएको छ ।

यता फ्रान्समा हालसम्म १ लाख ४३ हजार ३०३ मध्येमा १५ हजार ७२९ जनाले ज्यान गुमाइसकेका छन् ।

जर्मनिमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । त्याहाँ १ लाख ३२ हजार २१० जना संक्रमित भएको मा ३ हजार ४९५ को मृत्यु भएको छ ।


सम्बन्धित खबरहरु