सप्तरीमा पनि दुइजनाको र्‍यापिड टेस्ट प‍ोजेटिभ

ओकेखबर संवाददाता २ बैशाख २०७७, मंगलवार २२:४५ मा प्रकाशित ( साल अघि) ३७५ पाठक संख्या

सप्तरी । भारतबाट फर्केका सप्तरीमा दुई जनामा
र्‍यापिड टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।

भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।

 

पोजेटिभ पाइएकामा तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जना रहेका छन् ।

आठ जनाको समूहमा जमातमा सहभागी उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गर्दा २ जनामा पोजेटिभ पाइएको हो ।

पीसीआर विधिबाट टेस्टका भोलि स्वाव धरान पठाइने छ ।  आजै काभ्रेमा २ र धादिङमा १ जनामा गरि ३ जनाको र्यापिड टेस्ट गर्दा पोजेटिभ पाइएको थियो ।


सम्बन्धित खबरहरु