काभ्रेको बेथानचोक गाउँपालिकाका २८ वर्षीय र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय व्यक्तिको र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको हो ।
बेथानचोकका व्यक्ति भारतबाट गत ९ चैतमा घर फर्किएका थिए भने मण्डनपुरका व्यक्ति ७ चैतमा दुबईबाट आएका थिए । मण्डनदेउपुरका व्यक्ति २२ दिन क्वारेन्टाइनमा बसेर घर गएका थिए ।
संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ । स्वाबको नमूना संकलन गरी परिक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।