धादिङमा एक युवाको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ

ओकेखबर संवाददाता २ बैशाख २०७७, मंगलवार १७:२० मा प्रकाशित ( साल अघि) ४३८७ पाठक संख्या

धादिङ । धादिङका एक युवाको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ ।

मंगलवार ज्वालामुखी गाउँपालिकाको स्वास्थ्य शाखाले कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) विधिबाट परिक्षण गर्दा उक्त २७ वर्षिय युवकलाई कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।उनले भने, ‘र्‍यापिड डाइग्नोस्टिक टेष्टमा उहाँलाई कोरोना पोजेटिभ देखिएपछि थप निश्चित हुन पिसिआर परिक्षणका लागि काठमाडौं पठाउँने तयारी गर्दैछौं ।’

 

उक्त युवकको पीसीआर विधिबाट परीक्षण गर्न सबैको नमूना संकलन गरेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइदैछ । र उक्त युवालाई पनि टेकु अस्पतालमा पठाउने तयारी भैरहेको प्रजिअ तामाङले जानकारी दिए ।

 

मार्च ४ अथवा फागुन २१ गते कोरियाबाट आएका थिए ।

उनका परिवारलाई गाउँपालिकाकै क्वारेण्टीनमा राख्ने तयारी भैरहेको छ ।
उक्त युवा आएको विमान पहिचान तथा अन्य विस्तृत विवरणको खोजी भैरहेको पनि तामाङले बताए ।


सम्बन्धित खबरहरु