नेपाली विद्यार्थीले बनाए रोबोट, कोरोना बिरामीको लागि खाना र औषधि बोक्‍ने

ओकेखबर संवाददाता २ बैशाख २०७७, मंगलवार १५:१७ मा प्रकाशित ( साल अघि) ४९४ पाठक संख्या

काठमाडौं । नेपालमा विश्व महामारी कोरोना संक्रमण बढिरहेका बेला नेपाली विद्यार्थीहरुले अस्पतालमा कोरोना संक्रमित विरामीको लागि खाना र औषधि बोक्‍ने रोबोट बनाएका छन्।

उक्त रोबोट पहिलो परीक्षण शिक्षण अस्पतालमा सफलतापूर्वक गरिसकेको छ ।

रोबोटको टिम लिडर पृथ्वी चौधरीका अनुसार उक्त रोबोट मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य र जनसंख्या मन्त्रालयमा रोबोटलाई प्रदर्शन गरिदैछ ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन)सँगको सहकार्यमा पृथ्वी चौधरी (आइएसएमटी कलेज), रिचन जोशी (आचार्य इन्स्टिच्युट अफ टेक्नोलोजी), पंकज झपरेल (कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल) अनिल सिंह (आइएसएमटी)ले कोरोना विरामीका लागि खाना र औषधि बोक्‍ने रोबोट तयार पारेका हुन्।

लिडर चौधरीका अनुसार रोबोटमा फिट गरिएको क्‍यामेराले प्रत्‍यक्ष रुपमा बाटो पहिल्याउने काम गर्नेछ भने नर्सरचलाउने व्‍यक्तिको हातमा चलाउने रिमोट हुनेछ जसले विरामीसम्‍म औषधि र खाना बिना कुनै रोकटोक पुर्‍याउन सकिनेछ।

आल्मुनियमबाट तयार गरिएको यो रोबटमा १२ भोल्टको करेन्ट धान्‍ने क्षमता रहेको छ भने ब्याट्रीबाट चल्‍ने गरी बनाइएको छ।एक पटक चार्ज गर्दा यसले २ घण्टासम्‍म सर्भिस दिन सक्‍ने छ।


सम्बन्धित खबरहरु