फेसबुकमा कोरोना संक्रमित भेटिएको भ्रामक विवरण पोस्ट गर्ने एक युवक पक्राउ

ओकेखबर संवाददाता २ बैशाख २०७७, मंगलवार १४:४६ मा प्रकाशित ( साल अघि) १६०४ पाठक संख्या
दाङ । कोरोना संक्रमीत भेटिएको भनी भ्रामक बिवरण फेसबुकमा पोस्ट गर्ने एक जना दाङको घोराहीबाट पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका वडा न। १५ बस्ने २८ वर्षका दिपक न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आफ्नो फेसबुक स्ट्याटसमा दाङमा पनि एक जना कोरोना भाइरस (कोभीड १९) बाट संक्रमित व्यक्ति भेटिएको भनी तथ्यहिन तथा भ्रामक विवरण पोष्ट गरी आम जनमानसमा डर त्रास फैलाउले काम गरेको भन्दै न्यौपानेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु