सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि

ओकेखबर संवाददाता २ बैशाख २०७७, मंगलवार १२:४८ मा प्रकाशित ( साल अघि) ३९० पाठक संख्या

काठमाडौं । बेलायतबाट आएर काठमाडौंको  पेप्सीकोलास्थित सनसिटी अर्पाटमेन्टमा बसेका एकै परिवारका तीनजना मध्ये दुईजनालाई कोरोना सक्रमण पुष्टि भएको छ ।

अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको  हो ।

एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए ।


सम्बन्धित खबरहरु