जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन्। चिकित्सकले यही वैशाख अन्तिम साता सुत्केरी हुने समय तोकेकाले उनीहरु गत बुधबार एम्बुलेन्समा कीर्तिपुरस्थित डेरामा आएर बस्न थालेका थिए।
बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन्। काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए। कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन्।
घरधनी महर्जनले उनीहरूलाई कोठाबाट निकालेको स्वीकारे। छरछिमेकी डराएकाले कोठाबाट निस्कन भनेको उनले बताए। ‘बीचमा बाहिरबाट आएकाले कोरोना भएको आशंका लागेर निकालेको हो,’ उनले भने।
नागरिक दैनिक