सोमबार एकैदिन १ हजार ५३५ जनाको ज्यान गएसंगै अमेरिकामा महामारीबाट २३ हजार ६४० जनाको ज्यान गइसकेको छ ।
त्याँहा उक्त भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार ९४१ पुगेको छ । त्यसमध्ये ३६ हजार ९४८ संक्रमित सफल उपचारपछि घर फर्केका छन् ।
विश्वको २१० देशहरु यस महामारीसंग लडिरहेको छ । त्यसमध्ये पनि अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित देश हो ।