काठमाडौं । सरकारले लकडाउनको अवस्थमा अत्यावश्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने भएको छ।
गृह मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी अति आवश्यक अवस्थाका लागि अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने बताएको हो।
सामाजिक दूरी कायम गर्न देशभर लकडाउन गरिएको अवस्थामा अत्यावश्यक कार्यको लागि बाहिर निस्कन परेमा पास लिन सहज होस भन्ने उद्देश्यले ई–पासको व्यवस्था गरिएको बताए।
मंगलबारदेखि सुरु हुने यो सेवा www.epass.moha.gov.np मा उल्लेख भएका विवरणहरु भरेर लिन सकिने छ। गृहमन्त्री थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले ई–पासको व्यवस्था गरेको भन्दै अति आवश्यक काम परे मात्र विवारण भर्न आग्रह गरे।
ई–पास लिनका लागि व्यक्तिगत विवरण, सवारी साधनको विवरण स्पष्टसँग खुलाउनुपर्ने छ। यस्तै परिचयपत्र अपलोड गर्नुपर्ने छ भने ई–पास आवस्यक पर्नुको कारण र अवधि खुलाउनेपर्ने छ।