वैशाख १० गतेसम्मका लागि लकडाउन लम्ब्याउने सरकारको तयारी

ओकेखबर संवाददाता १ बैशाख २०७७, सोमबार १८:५९ मा प्रकाशित ( साल अघि) १०२५ पाठक संख्या

काठमाडौं । सरकारले वैशाख १० गतेसम्मका लागि लकडाउन लम्ब्याउने तयारी गरेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेसँगै सरकारले लकडाउनको अवधि लम्ब्याउने तयारी गरेको हो ।

 

मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले जानकारी दिएको छ । यसअघि सरकारले वैशाख ३ गतेसम्मका लागि लकडाउनको समय थप गरेको थियो ।

 

सरकारले एक हप्ता लम्ब्याएमा वैशाख १० गते लकडाउनको एक महिना पूरा हुनेछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै लकडाउन नखुल्ने बताएका थिए ।


सम्बन्धित खबरहरु