काठमाडौंमा एकै परिवारका तीनजनामा कोरोना आशंका, पाटन अस्पताल भर्ना

ओकेखबर संवाददाता १ बैशाख २०७७, सोमबार १८:३६ मा प्रकाशित ( साल अघि) ८८४ पाठक संख्या

काठमाडौं । काठमाडौंमा एकै परिवारका आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।

 

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने एकै पविारका तीन सदस्यको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।

 

इकान्तिपुर लेख्छ, उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ।

स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो। अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्‍नाएको छ।


सम्बन्धित खबरहरु