विषेशगरी नयाँ वर्षका दिन देवर भाउजू तथा साली भेनाले एक अर्कालाई सिस्नु पानी लगाउने गर्छन्। एकघरबाट अर्को घर, एक गाउँबाट अर्को गाउँ पुगेर सिस्नु खेल्न चलन रहेपनि लकडाउनका कारण विसु घरभित्र मात्र सिमित भएको छ। सिस्नु पानीलाई लगाउने विसुलाई मिलनको पर्वका रुपमा लिने गरिन्छ।
स्थानीय प्रशासनले कोरोनाको जोखिम बढ्ने भन्दै आजको दिन लाग्ने विसु मेला तथा जात्रामा रोक लगाएपछि स्थानीयले घर भित्र बसेर विसु पर्व मनाईरहेका छन् । सुदूरपश्चिम प्रदेशको मौलीक पर्वको रुपमा रहेको विसु पर्बमा बिभिन्न प्रकारमा मौलिक परिकारहरु खाने गर्दछन् भने स्थान बिशेष भिन्नभिन्न तरिकाले विसु पर्वलाई रमाइलो गरी मनाउने प्रचलन रहेको छ ।