नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो: स्वास्थ्य मन्त्रालय

ओकेखबर संवाददाता १ बैशाख २०७७, सोमबार १६:४० मा प्रकाशित ( साल अघि) ५५८ पाठक संख्या

काठमाडौं । रौतहटको १९ वर्षीय एक युवकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार रौतहटका १९ वर्षका एक युवकलाई र र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएको कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो  ।

एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन । सेती प्रादेशिक अस्पताल धनगढीमा पाँचजना, नारायणी अस्पताल वीरगन्जमा तीनजना तथा शुक्रराज ट्रपिकसल तथा सरुवा रोग अस्पताल टेकु र बाग्लुङमा दुई /दुई जनाको उपचार भईरहेको छ ।


सम्बन्धित खबरहरु