६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि

ओकेखबर संवाददाता १ बैशाख २०७७, सोमबार ११:५८ मा प्रकाशित ( साल अघि) ४७८ पाठक संख्या

धनगढी । कैलालीकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि उनलाई र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएको थियो ।

उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए ।

क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । उनी पनि भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् ।

तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।


सम्बन्धित खबरहरु