कोरोना अपडेट: मृतकको संख्या १ लाख १४ हजार नाघ्यो, कुन देशमा कति ? सूचिसहित

ओकेखबर संवाददाता १ बैशाख २०७७, सोमबार ०६:२६ मा प्रकाशित ( साल अघि) ७७५ पाठक संख्या

एजेन्सी । चिनको वुहानबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख १४ हजार १ सय ७९ जनाको ज्यान गएको छ ।

१८ लाख ५१ हजार ७ सय ३४ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ४ लाख २३ हजार २८६ जना निको भएर घर फर्किएका छन् ।

 

विश्वभर यस महामारीबाट २१० देशहरु चपेटामा परेका छन् ।

पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ५ लाख ६० हजार ४०२ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने २२ हजार १०५ ले ज्यान गुमाइसकेका छन् ।

 

स्पेनमा १ लाख ६६ हजार ८३१ जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १७ हजार २०७ जनाको ज्यान गएको छ ।

त्यस्तै ईटलीमा १ लाख ५६ हजार ३ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ भने १९ हजार ८९९ जनाकोे मृत्यु भएको छ ।

यता फ्रान्समा हालसम्म १ लाख ३१ हजार ५९१ मध्येमा १४ हजार ३९३ जनाले ज्यान गुमाइसकेका छन् ।

जर्मनिमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । त्याहाँ १ लाख २ठ हजार ८५४ जना संक्रमित भएको मा २ हजार २२ को मृत्यु भएको छ ।


सम्बन्धित खबरहरु