कोरोना पोजेटिभ पाइएपछि गत आइतबार उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । ६ अप्रिलमा आईसीयूमा राखिएका प्रधानमन्त्री जोनसनलाई ९ अप्रिलमा आइसीयूबाट निकालिएको थियो ।
स्वास्थ्य स्थितिमा सुधार हुँदै गए पनि जोनसन केही दिनसम्म काम गर्न असमर्थ रहने बीबीसीले जनाएको छ । २७ मार्चमा बोरिसलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ५ अप्रिलमा उनलाई अस्पताल भर्ना गरिएको हो । उनले आइतबार आफ्नो उपचारमा संलग्न चिकित्सक र नर्सहरुप्रति आभार प्रकट गरेका थिए ।
उनको अनुपस्थितिमा विदेश मन्त्री डोमिनिकले कार्यभार सम्हाल्दै आएका छन् । -बीबीसी