हत्या गरिएकाे २५ वर्षपछि पूर्व सैन्य अधिकारी माजिदलाई मृत्युदण्ड

ओकेखबर संवाददाता ३० चैत्र २०७६, आईतवार १९:५६ मा प्रकाशित ( साल अघि) ४०५ पाठक संख्या

एजेन्सी । बङ्गलादेशका संस्थापक नेता तथा स्वतन्त्रताका नायक शेख मजिबुर रहमानको हत्यामा दोषी ठहरिएका एक पूर्व सैन्य अधिकारी अब्दुल माजिदलाई मृत्युदण्ड दिइएको छ ।

माजिदले यही हप्ता राष्ट्रपितसमक्ष गरेको क्षमादानको याचना अपिल खारेज भएपछि आइतबार राजधानी ढाकामा उनलाई मृत्युदण्ड दिइएको हो । शेख मुजिबुरको हत्यापछि २५ वर्षसम्म फरार रहेका अब्दुललाई गएको मङ्गलबार गिरफ्तार गरिएको थियो ।

बङ्गलादेशी वर्तमान राष्ट्रपति शेख हसीनाका पिता शेख मुजिबुरका परिवारका सदस्यसहित अन्य धेरैलाई सन् १९७५ को एक सैन्य विद्रोहमा मारिएको थियो ।

सत्ता परिवर्तनपछि माजिद बङ्गलादेशमा नै बसिरहे तर सन् १९९८ मा शेख हसीना प्रधानमन्त्री बनेपछि उनी भारततिर भागेका थिए । हसीना सरकारले त्यस समय मुजिबुरको हत्यारालाई बचाउने कानुन नै परिवर्तन गरेर सन् १९९८ मा माजिद र अन्य एक दर्जन सैन्य अधिकारीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको थियो ।


सम्बन्धित खबरहरु