अहिले मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ। लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आज आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमण पुष्टि भएको हो। तीनै जना भारतीय नागरिक रहेको स्रोतले बताएको छ ।
उनीहरु मध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका रहेका छन् । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो।