१७ लाख ८० हजार २ सय ७१ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ४ लाख ४ हजार २९ जना निको भएर घर फर्किएका छन् ।
विश्वभर यस महामारीबाट २१० देशहरु चपेटामा परेका छन् ।
पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ५ लाख ३२ हजार ८ सय ८९ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने २० हजार ७ सय ७७ ले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा १ लाख ६३ हजार २७ जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १६ हजार ६०६ जनाको ज्यान गएको छ ।
त्यस्तै ईटलीमा १ लाख ५२ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ भने १९ हजार ४ सय ६८ जनाकोे मृत्यु भएको छ ।
फ्रान्समा हालसम्म १ लाख २९९ हजार ६५४ मध्ये १३ हजार ८३२ जनाले ज्यान गुमाइसकेका छन् ।
जर्मनिमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । त्याहाँ १ लाख २५ हजार ४५२ जना संक्रमित भएको मा २ हजार ८७१ को मृत्यु भएको छ ।