वीरगन्जमा रहेका तीन भारतीयमा कोरोनाको शंका, पुन: जाँचको लागि काठमाडौं पठाइयो

ओकेखबर संवाददाता २९ चैत्र २०७६, शनिबार १३:४९ मा प्रकाशित ( साल अघि) ५२४ पाठक संख्या
काठमाडौं । नयाँदल्ली र उत्तरप्रदेशबाट धर्म प्रचारको क्रममा वीरगन्जमा आएर बसेका तीन जना भारतीयमा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरूको स्वाब पुन परीक्षणका लागि काठमाडौं पठाइएको छ।

 

हेटौंडा प्रयोगशाला स्रोतका अनुसार ती तीन जनालाई कोरोना भाइरसको संक्रमण शंकाष्पद देखिएकाले स्बाव काठमाडौं पठाइएको हो।

वीरगन्ज–२ छपकैयाको एक मस्जिदमा बसिरहेका २४ जना भारतीयको समूहबारे स्थानीयवासीले खबर गरेपछि प्रशासनले उनीहरूको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाएको थियो।

 

नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकको टोलीले उनीहरूको स्वाब निकालेर हेटौंडास्थित प्रयोगशालामा पठाएको थियो।


सम्बन्धित खबरहरु