नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा सिफारिस

ओकेखबर संवाददाता २९ चैत्र २०७६, शनिबार ११:३९ मा प्रकाशित ( साल अघि) ४४५ पाठक संख्या

काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।

 

प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ९४० अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरिएको हो ।

 

गृह मन्त्रालयले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तम सुबेदी र अरुण बिसीलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकले एसएसपी अर्याललाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । त्यस्तै प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।


सम्बन्धित खबरहरु