कोरियाबासीले पठाएको ४ हजार कोरोना परीक्षण किट्स काठमाडौं आइपुग्यो

ओकेखबर संवाददाता २८ चैत्र २०७६, शुक्रबार २०:१२ मा प्रकाशित ( साल अघि) ६७९ पाठक संख्या

काठमाडौं । एनआरएनए कोरिया र दक्षिण कोरियाबासी स्वतन्त्र अभियान्ताहरुले पठाएको कोरोना भाइरस परीक्षण गर्ने चार हजार किट्स सहित अन्य स्वास्थ्य सामग्री आज नेपाल आइपुगेको छ ।

दक्षिण कोरियाबाट कोरियन एअरमार्फत आज पहिलो चरणको सामान ४० कोभीड- १९ Detection Kits, (जसबाट ४००० भन्दा वढी टेस्ट गर्न सकिन्छ), ४००० Extraction Kits (टेस्टको लागि चाहिने किट) र ५०० थान PPE लगायतका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको संयोजक यदु लामिछानेले जानकारी दिए ।

दिउँसो साढे ४ बजे काठमाडौं विमानस्थलमा आइपुगेको सबै स्वास्थ्य सामाग्री पहिचान गरी वितरणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई शनिबार हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ।

दोस्रो र अन्तिम चरणको सहयोग चीनबाट नेपाल जाने सामाग्री नेपाल सरकारबाट हुने चार्टर विमानको अभावमा ग्वाङझाउस्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल आइपुग्ने जनाइएको छ ।

कोरोना परीक्षणको ३ घण्टामै नतिजा आउने किट्स नेपाल पठाउने उद्देश्यका साथ एनआरएनए कोरियाले त्याँहा रहेका नेपालीबाट प्रतिव्यक्ति एक किट्स सहयोग  अभियान अन्तर्गत संकलित अन्तिम कुल रकम १४८,४५८ ,७७९ वोन अर्थात एक करोड ४८ लाख ५९ हजार ४ सय ९५ रुपैयाँ  रकम संकलन गरेका थिए ।


सम्बन्धित खबरहरु