र्यापिड टेष्ट विधिबाट परीक्षण शुरु

ओकेखबर संवाददाता २८ चैत्र २०७६, शुक्रबार ११:१५ मा प्रकाशित ( साल अघि) ३०७ पाठक संख्या

कञ्चनपुर । कोरोना परिक्षणका लागि कञ्चनपुरमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीका अनुसार बिहीबार शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० जना भारतबाट फर्केका व्यक्तिको र्यापिड टेस्ट गरिएको हो ।

क्वारेन्टाइनमा रहेका व्यक्तिसँगै पाँच स्वास्थ्यकर्मी र होम क्वारेन्टाइनमा रहेका एक व्यक्तिको पनि र्यापिड टेष्ट गरिएको छ ।

सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ जिल्लामा र्यापिड टेष्ट विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना भाइरस जाँँच गर्ने निर्णय गरेको थियो । तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले र्यापिड टेष्ट विधिबाट परीक्षण गर्न शुरु गरेको हो ।


सम्बन्धित खबरहरु